PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

गुपचुप विधेयक पारित गर्न लागेको भन्दै डा. केसीले फेरि थाले आमरण अनशन



सागर बुढाथोकी

गुपचुप विधेयक पारित गर्न लागेको भन्दै डा. केसीले फेरि थाले आमरण अनशन

काठमाडौंः प्रा. डा. गोविन्द केसीले आजदेखि फेरि आमरण अनशन सुरु गरेका छन्।

चिकित्सा शिक्षा विधेयक गुपचुप गरी पारित गर्न लागिएको भन्दै केसीले आमरण अनशन सुरु गरेका हुन्।

यसअघि केसीले असोज २० गतेदेखि अनसन बस्ने चेतावनी दिएका थिए। तर, संसदमा विचाराधीन विधेयक गुपचुप गरेर पारित गर्ने अन्तिम तयारी भइरहेको भन्दै डा. केसीले आजैदेखि अनशन थालेका हुन्।

केसीले शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी सरकार आफूले राखेका माग पूरा गर्नुको साटो घुमाउरो पारामा विधेयक पारित गर्न लागेकाले अनशन बस्न बाध्य भएको बताए। केसीले माथेमा आयोगको प्रतिवेदन हुबहु पारित हुनुपर्ने, आयल निगमका तत्कालीन प्रमुख गोपाल खड्कालाई कारवाही गर्नुपर्ने माग पनि अघि सारेका छन्।

यसअघि केसीले २३ औं दिनमा अनशन स्थगित गरेका थिए। केसीको यो १२ औं अनशन हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell