PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

झारखण्डको पटाका कारखानामा आगलागी हुँदा आठ जनाको मृत्यु, २५ घाइते



पहिलोपोस्ट

झारखण्डको पटाका कारखानामा आगलागी हुँदा आठ जनाको मृत्यु, २५ घाइते
फोटो श्रोतः ndtv.com

नयाँदिल्लीः पूर्वी भारतीय राज्य झारखण्डमा रहेको पटाका कारखानामा भएको आगलागीमा परी आठ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

गैरकानुनी रुपमा सञ्चालनमा रहेको कारखानामा आज बिहान आगलागी भएको थियो। घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक छ। अहिले उनीहरुलाई अस्पताल भर्ना गरिएको छ। 

कारखानामा के कसरी आगलागीको घटना भयो भन्ने बारेमा अनुसन्धान सुरु भएको प्रहरीले जनाइएको छ। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell