
बर्लिन : जर्मन चान्सलर एन्जिला मार्केल जर्मनको चान्सलरका लागि चौथोँ पटक पनि निर्वाचित भएकी छन्।
तर उनको राजनीतिक कन्जरभेटिभ दल नेतृत्वको गठबन्धन सिडियु सिएसयुले भने इतिहासमा सबैभन्दा ठुलो हार व्यहोर्नु परेको छ।
उनले चान्सलरका लागि निर्वाचन जितेको भए पनि सरकार गठनका लागि भने अर्को राजनीतिक दलको सहयोग चाहिने छ।
उनको दल नेतृत्वको गठबन्धनले जम्मा ३३ प्रतिशत मत ल्याएको छ। त्यसपछि दोस्रो ठुलो दलका रुपमा मत ल्याउने अर्को दल एसपिडीले भने २० प्रतिशत मत ल्याएको छ।
विश्लेषकहरुले उनको दलले ७० वर्षको इतिहासमा नै सबैभन्दा थोरै मत यो निर्वाचनमा ल्याएको बताएका छन्।
तर एसपिडीले सरकारमा नजाने र प्रतिपक्षी दलका रुपमा रहने घोषणा गरिसकेको छ। त्यसैले मार्केलले सरकार गठनका लागि अर्को दलको सहायता लिनुपर्ने छ। रासस/एएफपी