PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

बाराको कोल्हवी नगरपालिकामा एमाले विजयी



पहिलोपोस्ट

बाराको कोल्हवी नगरपालिकामा एमाले विजयी

कलैयाः बाराको कोल्हवी नगरपालिकामा प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएकाे छ। 

एमालेका भरत भण्डारी सात हजार ४०१ मत ल्याई प्रमुखमा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मुरलीधर चौधरीले सात हजार २०५ मत ल्याए छन्।

त्यसैगरी उपप्रमुखमा एमालेकै सुनैना चौधरी सात हजार ३८४ मत ल्याई विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुभ्रदा धिमालले सात हजार १७८ मत प्राप्त गरेकी थिइन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell