PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

वीरगं‌ज महानगरमा संघीय फोरमको फराकिलो अग्रता, करिब हजार मतले कांग्रेस पछाडि



राधेश्याम पटेल

वीरगं‌ज महानगरमा संघीय फोरमको फराकिलो अग्रता, करिब हजार मतले कांग्रेस पछाडि

वीरगंज : वीरगंज  महानगरमा संघीय समाजवादी फोरम नेपालले नेपाली कांग्रेसलाई पछाडि पारेको छ।  वीरगंजमा ८४ हजारभन्दा बढी मत खसेकोमा आइतबार दिउँसो १ बजेसम्म ६१ हजार ६४३ मत गन्दा नेपाली कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता कायमै राखेको छ। मतगणनाको सुरुमा राजपाको अग्रता थियो। पछि कांग्रेस अघि भयो र अहिले फोरमको अग्रता छ। 

मेयरमा फोरम नेपालका उम्मेदवार विजय सरावगीले १४ हजार ३१२ मतका साथ अग्रता लिइरहेका छन्।  दोश्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार अजय द्विवेदी १३ हजार ३२८ मत पाएका छन् । तेस्रो स्थानमा रहेका राजपाका राजेशमान सिंहले भने ८ हजार ९२२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका बसरुद्दिन अन्सारी  ६ हजार ७९४ मतका साथ चौथो स्थानमा र नेकपा माओवादी केन्द्रका रहबर अन्सारी ६ हजार ३२८ मतका साथ पाँचौँ स्थानमा छन् भने नेपाल लोकतान्त्रिक फोरमका  विमल श्रीवास्त भने ५ हजार ५०५ मतका साथ छैठौँ स्थानमा छन्।

वीरगंजको  उपमेयरमा भने नेपाली कांग्रेसले नै अग्रता कायम राखेको  छ। उपमेयरमा कांग्रेसकी शान्ति कार्की १५ हजार ११३ मतका साथ अगाडि छिन्। यस्तै फोरम नेपालकी पिंकी यादव १३ हजार ३६३ मतका साथ दोश्रो स्थानमा छिन्। यसैगरी उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सोफिया आचार्य  ७ हजार ९३६ मतका साथ  तेस्रो स्थानमा र राजपाकी रम्भा मिश्रा ७ हजार ६६०  मतका साथ चौथो स्थानमा छिन्।लोकतान्त्रिक फोरमकी  रिङ्कु देवी यादव ४ हजार ४८४ मतका साथ पाँचौँ स्थानमा र माओवादी केन्द्रकी दुर्गा क्षेत्री  ३ हजार ९३२ मतका साथ छैठौँ स्थानमा छिन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell