PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

ओलीलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थी संगठनले भने–शिक्षा ऐन संशोधनको प्रमाणीकरण रोक्नुपर्‍यो



पहिलोपोस्ट

ओलीलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थी संगठनले भने–शिक्षा ऐन संशोधनको प्रमाणीकरण रोक्नुपर्‍यो

भक्तपुर :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल ठटाएकै आधारमा ऐन पारित गर्ने गलत अभ्यास हुन थालेको बताएका छन्। 

भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेका संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र बुझेपछि अध्यक्ष ओलीले संसदमा कतिपय विषयमा कमीकमजोरी हुने गरेको बताए।

अध्यक्ष ओलीले ३ गते त्यतिका विषय राखेर हतारहतार विधेयक पारित गर्नुपर्ने आवश्यकता नभएको बताए। 

संसद्मा कतिपय विषयमा कमीकमजोरी हुने गरेको स्वीकार्दै अध्यक्ष ओलीले भने,‘स्वास्थ्यसम्बन्धी कुरामा डाक्टरले क्षतिपूर्ति तिर्नुपर्ने कुरा पहिला थिएन, तर कतिखेर त्यहाँ घुस्यो पत्तै भएन। यस्तो कुरा चाहिं हत्पतमा घुसाइदिने गर्नुहुँदैन।’

समितिमा गएपछि समितिबाट जे प्रतिवेदन आउँछ, त्यो मात्रै पारित हुनुपर्ने संसदीय अभ्यास रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने –‘समितिको प्रतिवेदनमाथि मन्त्रीले यो यो थपे, यो यो हटाए भन्न मिल्दैन। थप्न घटाउन परे समितिमा प्रस्ताव फिर्ता लग्नुपर्छ।’

संसदबाट पारित भइसकेको ऐन फिर्ता हुन मुस्किल हुने र संशोधनबाटै सच्याउन सकिने उनले बताए। 

संसद्ले असोज ३ गते पारित शिक्षा ऐन (नवौं संशोधन)मा प्रतिशत आन्तरिक र २५ प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट अस्थायी शिक्षकलाई स्थायी गर्ने व्यवस्था गरिएको छ। 

शिक्षा ऐन आठौं संशोधनमा अस्थायी शिक्षकमध्ये ५१ प्रतिशतलाई आन्तरिक र ४९ प्रतिशतलाई खुला प्रतिस्पर्धाबाट छनोट गर्ने प्रावधान थियो। 

नेविसंघका अध्यक्ष नैनसिंह महरले संसद्बाट पारित भएपनि राष्ट्रपतिबाट प्रमाणीकरण नभएसम्म ऐन लागू हुन नसक्ने भन्दै प्रमुख प्रतिपक्षी दलको हैसियतले त्यसलाई रोक्न भूमिका खेल्न ओलीसँग आग्रह गरेका थिए।

अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले नवौ संशोधनले ६७ लाख विद्यार्थीको भविष्य बर्बाद पारेको र योग्य उम्मेदवारका रुपमा रहेका आठ लाख शिक्षकलाई प्रतिस्पर्धा गर्नबाट वञ्चित गरेको बताएकी थिइन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell