PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

ट्रेलरमा कमेडी जनराको फिल्म 'फाटेको जुत्ता'को



पहिलोपोस्ट

ट्रेलरमा कमेडी जनराको फिल्म 'फाटेको जुत्ता'को

काठमाडौं: फिल्म 'फाटोको जुत्ता'को ट्रेलर सार्वजनिक भयो। कमेडी जनराको फिल्मको ट्रेलरले तराईको सेटिङ, आकर्षण, राजनीति र सस्पेन्स केन्द्रमा छ। ट्रेलरमा मुख्य कलाकार सौगात मल्ल, कामेश्वर चौरासिया, प्रियङ्का कार्की र अनोज पाण्डेको फिचरिङ रहेको छ।

ट्रेलरमा मधेसी परिवेशमा देखिने आम युवाको लुक्स तथा बोली सहित प्रस्तुत छन्। पुराना फिल्महरु लुकामारी, संरक्षण, सडङ्गमा देखिएजस्तै प्रस्तुत भएका सौगात भन्छन्,'मेरो भूमिका धेरै फरक होइन तर कथा पक्कै फरक हो। फरक भएरै फिल्म गरेको हुँ।'

निरज महर्जनको कथा तथा पटकथामा बनेको फिल्म कार्तिक १७ गते सार्वजनिक हुँदैछ। निकेश खड्काको निर्देशन रहको फिल्ममा सौगात मल्ल, प्रियंका कार्की, बुद्धि तामाङ, कामेश्वर चौरासिया, आमिर गौतम, रवीन्द्र झा, रमेश रन्जन, सन्दीप क्षेत्री लगायतको मुख्य अभिनय रहको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell