PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

स्क्रब टाइफसबाट दुई महिनामा २०१ संक्रमित



पहिलोपोस्ट

स्क्रब टाइफसबाट दुई महिनामा २०१ संक्रमित

चितवन: विगत दुई महिनामा २०१ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले दिएको जानकारीअनुसार ८१७ जनाको परीक्षण गरिएकामा सो संख्यामा संक्रमित भेटिएका हुन्।

साउन १ गतेदेखि असोज ८ गतेसम्म भेटिएका संक्रमितमध्ये भरतपुर अस्पतालमा ६४, बकुलहर अस्पताल रत्ननगरमा ९, चितवन मेडिकल कलेजमा ५१, नारायणी सामुदायिक अस्पतालमा ६१, निर्णय डाइग्नोस्टिकमा १३, मनकामना अस्पतालमा दुई, सेन्टर अस्पतालमा एकजना संक्रमित भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका कीट नियन्त्रक राम केसीले जानकारी दिए।

यही अवधिमा दुईजनाको मृत्यु भएको थियो। मुसाको शरीरमा हुने सूक्ष्म माईट नामक किराले टोकेमा यो रोग सर्ने गर्छ। विशेषगरी झारपात र झाडीमा उक्त किरा खसेका बेला मान्छेमा टाँसिएर यसले टोक्ने गर्छ।

केसीका अनुसार सोही समयमा ११ जना डेंगु संक्रमित भेटिएका छन्। ४८७ जनाको परीक्षणमा सो संख्यामा डेंगु संक्रमित भेटिएको उनले बताए।

कार्यालयका अनुसार इन्फ्लुन्जा एचवान एनवानबाट संक्रमित ३९४ जना भेटिएका छन्। बर्षको जुन महिनामा १६, जुलाईमा ११८ जना र अगस्टमा २६० जना संक्रमित भेटिएको कार्यालयले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell