PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

वीरगञ्जमा अजयभन्दा विजय १२ सय मतले अघि, मध्यरातबाट पुनः सुरु भयो मतगणना



राधेश्याम पटेल

वीरगञ्जमा अजयभन्दा विजय १२ सय मतले अघि, मध्यरातबाट पुनः सुरु भयो मतगणना

वीरगञ्ज: प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसभन्दा संघीय समाजवादी फोरम करिव १५ सय मतले अगाडि देखिएको छ। मंगलवार बिहान ६ बजेसम्म ३२ मध्ये २९ वडाको मत गणना भइसकेको छ।

मतगणना अन्तिम चरणतर्फ आइपुग्दा फोरम उम्मेदवार विजय सरावगी कांग्रेस उम्मेदवार अजय द्धिवेदीभन्दा १२ सय मतले अघि छन्।

मंगलबार बिहानसम्म ७१ हजार २९३ मतगणना भइसकेको छ। संघीय समाजवादीका उम्मेदवार सरावगीले १६ हजार ३४९ र कांग्रेसका द्विवेदीले १५ हजार १०४ मत पाएका छन्। विजयभन्दा अजय एक हजार २४५ मतले पछि छन्।

राजपाका राजेशमान सिंहले ९ हजार ९४२ मत ल्याएका छन् भने  एमालेका बसरुद्दीन अन्सारीले ७ हजार ५२० मत पाएका छन्। 
माओवादी केन्द्रका रहबर अन्सारीले ७ हजार ४९८ मत पाएका छन्। नेपाल फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले ६ हजार ८७१ मत ल्याएका छन्।

उपमेयरमा कांग्रेसकी शान्ति कार्की सबैभन्दा अगाडि छिन्। उनी फोरम नेपालकी पिंकी यादव भन्दा एक हजार ८८२ मतले अगाडि छिन्। कार्कीले १७ हजार ४६२ मत ल्याएकी छन् भने पिंकीले १५ हजार ५८० मत ल्याएकी छन्।

राजपाकी रम्भा मिश्रले ८ हजार ६९१ मत, एमालेकी सोफिया आचार्य ९ हजार ८०, माओवादी केन्द्रकी दुर्गा क्षेत्रीले ४ हजार ५८२ र लोकतान्त्रिक फोरमकी रिंकु यादवले  ५ हजार ८६१ मत ल्याएकी छन् ।

आइतबार साँझ ७ बजेदेखि दोस्रो पटक रोकिएको मतगणना मध्यरातबाट पुनः सुरु भएको हो। राजनीतिक समझदारी पछि मतगणना सुरु गरिएको हो।

नेपाली कांग्रेसले जिल्ला निर्वाचन कार्यालयमार्फत निर्वाचन आयोगमा मतपेटिका खोलिएका २९ वडाको पुनः मतगणनाको माग गर्दै उजुरी दर्ता गरेपछि विवाद भएको थियो। उजुरीको निर्णय नहुँदसम्म वडा नं १६ नगवा ,१७अलौं र १८ भवानीपुरको मतगणना गर्न नदिने कांग्रेसले अडान लिएको थियो।

संघीय समाजवादी फोरमले मतगणना निष्पक्ष भएको बताएको छ। फोरमले आफू अग्रता लिँदासम्म ठीक भएको मतपरिणाम अरुले अग्रता लिँदा रोकिनुपर्ने मागप्रति असन्तुष्टि जनाएको हो।


कसले कति जिते

वीरगञ्ज महानगरका ३२ वडामध्ये २६ वडाको अन्तिम नतिजा आइसकेको छ। जसमा संघीय समाजवादी फोरम ९, कांग्रेस ८, एमाले ४, राजपा ३ र माओवादी केन्द्र र फोरम लोकतान्त्रिकले १÷१ वडामा जित हासिल गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell