PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रचण्डले भने ‘चितवन ३ बाट प्रतिनिधिसभा चुनाव लड्छु’



राजेन्द्र आचार्य

प्रचण्डले भने ‘चितवन ३ बाट प्रतिनिधिसभा चुनाव लड्छु’

चितवन: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धा गर्ने बताएका छन्। पार्टीको निर्णयअुनसार क्षेत्र तय भएको प्रचण्डले बताए।

प्रेस सेन्टर नेपाल चितवनले सोमबार बिहान भरतपुरमा गरेको कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरुसँग तालमेल गर्न सकिने स्पष्ट पारे। अहिले काग्रेस र एमाले दुवैसँग छलफल मात्र भएको भन्दै तालमेलबारे टुंगो नलागेको उनले बताए।

‘हाम्रो कोसिस त एक्लै चुनाव लड्ने हो’ उनले भने ‘देशभरको सन्दर्भमा मात्र तालमेल हुन सक्छ।’

माओवादी केन्द्र एक्लै चुनाव लड्ने र स्थानीय आवश्यकता अनुसार कतिपय स्थानमा प्रदेशमा भने तालमेल हुन सक्ने उनले बताए। 

प्रचण्डले निर्वाचनको तयारी गरेको क्षेत्र यसअघि कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला निर्वाचित भएको क्षेत्र पनि हो। उक्त क्षेत्रमा सांसाद् रामकृष्ण घिमिरेले आफू प्रचण्डसँग चुनाव लड्ने उद्घोष गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell