PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

काठमाडौँको फोहोर विसर्जन अब नुवाकोटकै बन्चरे डाँडामा



पहिलोपोस्ट

काठमाडौँको फोहोर विसर्जन अब नुवाकोटकै बन्चरे डाँडामा
तस्बिर : फाइल

काठमाडौँ:  काठमाडौँ महानगरपालिकाले यसअघि सिसडोलमा फोहोर विसर्जन गर्दै आएकोमा अबको केही समयपछि नुवाकोटको बन्चरे डाँडामा फोहोर संकलन केन्द्र बनाउने भएको छ।

नुवाकोट सिसडोलका स्थानीय बासिन्दाले समय समयमा अवरोध गर्दै आएकाले अब बन्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउन लागेको महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिइन्।

उनका अनुसार वन्चरेमा फोहर संकलन गर्दा स्थानीय बासिन्दालाई कुनै असर गर्दैन त्यसैले उक्त स्थानको अवलोकनसमेत कामपाले गरिसकेको छ।

केही समयअघि सिसडोलका स्थानीय बासिन्दाले कामपाको फोहोर लैजाने गाडीका ड्राइभरलाई कुटपिट गरेपछि झण्डै एक महिनादेखि कामपाको फोहोर व्यवस्थापनमा समस्या देखिएको छ।

करिव १३ वर्षअघि दुई वर्षका लागि सिसडोलका स्थानीयवासीसँग कामनपाले फोहोर फाल्न सहमति गरेको थियो। फोहोर फाल्ने सहमति भएको समय सकिँदा पनि कामनपाले अन्य स्थानमा फोहोर व्यवस्थापन गर्न नसकेकाले सिसडोलका स्थानीयवासीले समय समयमा अवरोध गर्दै आएका छन्। कामनपाबाट मात्र हाल दैनिक ५०० टन फोहोर सिसडोल लाने गरिएको छ।

अबको केही समयमा नै कामनपाले प्रत्येक घरमा कुहिने र नकुहिने फोहरलाई फरक-फरक स्थानमा व्यवस्थापन गर्न अनिवार्य समेत गर्ने भएको छ।

कुहिने फोहोरलाई घरधनीले व्यवस्थापन गर्नुपर्ने छ भने नकुहिने फोहरमात्र कामनपाले व्यवस्थापन गर्ने उपप्रमुख खड्गीले स्पष्ट पारिन।

कामनपाले हाल विभिन्न स्थानमा थुप्रिएर रहेको फोहोर केही दिनमै उठाउने पनि उपप्रमुख खड्गीले बताइन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell