PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

ज्यान मार्ने मुद्दाका फरार अभियुक्त पक्राउ



पहिलोपोस्ट

ज्यान मार्ने मुद्दाका फरार अभियुक्त पक्राउ

मेलम्ची: सिन्धुपाल्चोक जिल्लाको मेलम्चीबजारबाट प्रहरीले सोमबार ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई पक्राउ गरेको छ।

विसं २०७३ फागुन २४ गते पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ बस्ने २१ वर्षीय फुर्पा ठिलेन लामालाई मु्क्का प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका सोही स्थानका २२ वर्षीय आकाश लामालाई प्रहरीले पक्राउ गरेको हो।

घटनापश्चात् फरार रहेका अभियुक्त लामा भारतमा लुकीछिपी बस्दै आएको र दशैँ मनाउन घर आउनेक्रममा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, मेलम्चीको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए।

घटनापश्चात् घाइते फुर्पाको टाउकामा २२ वटाभन्दा बढी टाँका लगाइएको थियो।

गत सात महिनादेखि फरार रहेका लामालाई थप अनुसन्धान गरी दशैँ बिदामा अदालत बन्द भएकाले अदालत खुलेपछि म्याद थप गरिने प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell