
काठमाडौं: नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकपछि आजदेखि स्थायी समिति सुरु हुन लागेको हो।
बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारीका विषयमा छलफल हुनेछ। केन्द्रीय समितिले प्रदेश २ को चुनावको समीक्षा गरेको थियो।
पार्टी कार्यालय धुम्वाराहीमा बस्ने बैठकले उम्मेदवार छनोटका मापदण्ड लगायत अन्य समसामयिक विषयमा छलफल गर्ने सचिव योगेश भट्टराईले जानकारी दिए।
जिल्ला र क्षेत्रबाट आएका उम्मेदवारको सूची अनुसार प्रतिनिधि र प्रदेशसभामा उम्मेदवार टुंगो लगाउने सचिव भट्टराईले जानकारी दिए।