PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

काभ्रेपलाञ्चोकको रोशीमा सवारी दुर्घटनाः ६ जनाको मृत्यु केही घाइते



रासस

काभ्रेपलाञ्चोकको रोशीमा सवारी दुर्घटनाः ६ जनाको मृत्यु केही घाइते

काभ्रेः काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ३ शिखर आम्बोटेको निगालेमा बोलेरो गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । 

आज बिहान बनेपाबाट डाँडापारि जाने क्रममा निगाले पुग्दा बिहान पौने ११ बजेतिर बा १४ च ९५५६ नम्वरको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । 

मृतकको सनाखत हुन बाँकी छ । एसपी श्रेष्ठका अनुसार गाडीमा १७ जना सवार थिए । “घटनामा ६ जनाको मृत्यु भएको खबर आएको छ, बाँकी ११ जना घाइतेको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पुगिसकेको छ”, थापाले भने । 

काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि सडक सञ्जालले जोड्न नसकिरहेका क्षेत्रमा सडक पुगेको ठाउँसम्मका लागि दशैँंमा घर जानेले सो गाडी रिजर्भमा लगेको बुझिएको छ । घाइतेलाई उपचारका लागि काठमाडौँंमा लाने तयारी भइरहेको प्रहरीले जनाएको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell