PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

फिल्म 'ह्याप्पी डेज'को पहिलो गीतसँगै नयाँ रिलिज टार्गेट



पहिलोपोस्ट

फिल्म 'ह्याप्पी डेज'को पहिलो गीतसँगै नयाँ रिलिज टार्गेट

काठमाडौं: फिल्म 'ह्याप्पी डेज' को पहिलो गीत 'चेप्टे चेप्टे पेरुङ्गो' सार्वजनिक भएको छ। गीत भिडियो सहित युट्युब रिलिज गरिएको हो। गीत रिलिजसँगै युनिटले फिल्म प्रदर्शन मिति पनि घोषणा भएको छ। ह्याप्पी डेज माघ १२ बाट प्रदर्शनमा आउने भएको छ।

माघ फिल्मको नयाँ रिलिज टार्गेट हो। यसअघि फिल्म मङ्सिर १५ मा सार्वजनिक हुने भनिएको थियो।

मिलन चाम्स निर्देशित फिल्मको गीतमा उनको अघिल्लो फिल्म 'वीर विक्रम'को अनस्क्रिन जोडी दयाहाङ राई र दीया पुनको फिचरिङ रहेको छ। राजनराज शिवाकोटीको संगीत रहेको गीतमा शिवाकोटी र अञ्जु पन्तले आवाज दिएका छन्। भिडियोमा कविराज गहतराज नृत्य निर्देशक हुन्।

दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, जोनिया लिम्बु अभिनित फिल्मले बेलायती आइडीवाली युवतीलाई प्रेममा पार्न संघर्ष गर्ने दुई युवकको संघर्षको कथा बोल्छ। फिल्मको सम्पूर्ण छायांकन बेलायतमै गरिएको छ। बिपी खनालको प्रस्तुति, भवानी शर्मा, हीराल जोशी र चाम्सको निर्माण रहेको फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, सम्राट बस्नेतको एक्सन, मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन समावेश छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell