
काठमाडौं: कलाकार लक्ष्मी रानाको निधन भएको छ। दुबै किड्नीले काम गर्न छोडेका लक्ष्मीको मङ्गलबार बिहान निधन भएको हो।
कलाकार श्रेष्ठ स्वास्थ्यमा समस्या देखिएपछि १० महिनादेखि विर अस्पतालमा उपचाररत थिइन्। ११ वर्ष अगाडीदेखि नै उनले औषधी सेवन गर्दै आए पनि किड्नी ट्रान्सप्लान्ट भने गरेकी थिइनन्। रानाले आर्थिक अभावका कारण किड्नी ट्रान्सप्लान्ट गर्न नसक्ने बताएकी थिइन्। अवस्था गम्भिर बन्दै गएकी उनलाई बनस्थली स्थित मृगौला अस्पताल लगिएको थियो। मृगौला हस्पिटलमा उनको निधन भएको हो। रानाको उपचारका लागि विभिन्न संघ संस्थाले आर्थिक सहयोग पुर्यानउँदै आएको थियो।
लक्ष्मीको उपचारको लागि मगर संघले सहयोग अभियान समेत चलाएको थियो। नेपाल मगर महिला संघकी अध्यक्ष बिनिता आले मगर र जुनु पुन मगर हस्पिटलमै रहेर उनलाई साथ दिंदै आएका थिए। सामाजिक कार्यमा सक्रिय रहेकी जुनु भन्छिन्,'अन्य दिनजस्तै देखेको थिएँ। रातभर सँगै अनिदो रहेकोले बिहान ६ बजे उनकै आग्रहमा घर गएर सुतें। साथीहरुले घरमा खबर लिएर आएपछि पो थाहा पाएँ।'
१८ वर्षको उमेरमा निर्माता चिरञ्जिवी बस्नेत निर्मित फिल्म 'मनकामना'मार्फत उनले सहअभिनेत्रीको रुपमा डेब्यु गरेकी थिइन्। नृत्याङ्गिनीको रुपमा परिचय स्थापित गरेकी उनले एक साँझ, बाचा बिर्सेको छैन लगायतमा पनि अभिनय गरेकी छिन्।