PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

गायन र नृत्य प्रतिभाको खोजीमा 'लै बरी लै' र 'वाइएसडी'



पहिलोपोस्ट

गायन र नृत्य प्रतिभाको खोजीमा 'लै बरी लै' र 'वाइएसडी'

काठमाडौं: गायन र नृत्य प्रतिभाको खोजी विशेष कार्यक्रम एकसाथ सुरु हुने भएको छ। सनसाईन प्रोडक्सन हाउसको आयोजनामा दुई फरक कार्यक्रम एकसाथ सुरु हुन लागेको हो। गायन प्रतिभाको खोजिमा कार्यक्रम 'लै बरी लै' र नृत्य प्रतिभाको खोजीमा कार्यक्रम 'योङ स्टार डान्स कम्पिटिसन' सुरु हुने भएको हो।

कार्यक्रम युनिट प्रोडक्शनको काम सकेर प्रशारणको तयारीमा जुटेको छ। निर्माताले जनाए अनुसार कार्यक्रम दशैं पछि प्रशारणमा आउने भएको छ। बालबालिका लक्षित प्रतिस्पर्धात्मक कार्यक्रमको अडिसन सम्पन्न भैसकेको जानकारी निर्देशक प्रमिला तामाङले दिइन्। धादिङ, हेटौडा, काभ्रे, उदयपुर बेल्टार, गाईघाट र नुवाकोटमा अडिसन सम्पन्न भएको हो। उपत्यकाको ललितपुर, भक्तपुर र काठमाडौंमा समेत अडिसन भैसकेको छ।



'हामी अब प्रशारण तयारीको अन्तिम चरणमा पुगेका छौं। यो कार्यक्रमले बालबालिको प्रतिभमा निखार ल्याउन र आत्मविश्वास बिकास गर्न सहयोग पुर्यामउँछ भन्ने आशा छ', निर्देशक प्रमिला तामाङले जानकारी भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell