PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

दोलखामा करेन्ट लागेर एक जनाको मृत्यु



रासस

दोलखामा करेन्ट लागेर एक जनाको मृत्यु

चरीकोटः  करेन्ट लागेर दोलखाको गौरीशङ्कर गाउँपालिका १ जुँगुमा ४५ वर्षीय भूपबहादुर खत्रीको मृत्यु भएको छ । 

गत असोज १ गते नेपाल विद्युत् प्राधिकरण दोलखाले राखेको टान्सफर्मर पड्केर जलेपछि आज अर्काे टान्सफर्मर राख्न खोज्दा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । करेन्टका कारण अन्य पाँच जना घाइते भएका छन् ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell