PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

वीरगञ्जमा सरावगीकै अग्रता कायम



पहिलोपोस्ट

वीरगञ्जमा सरावगीकै अग्रता कायम

वीरगंजः वीरगञ्ज महानगरपालिकामा जारी मतगणनामा फोरम लोकतान्त्रिक नेपालले अग्रता कायम राखेको छ। अहिलेसम्मको मतगणना अनुसार मेयर पदमा फोरम नेपालका उम्मेद्वार विजय सरावगी १६ हजार ६५० मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका उम्मेद्वार अजय द्विवेदीले १५ हजार ३६१ मत प्राप्त गरि सरावगीलाई पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेका राष्ट्रिय जनता पार्टिका उम्मेद्वार राजेशमान सिहले १० हजार ८५ मत प्राप्त गर्दा एमालेका उम्मेद्वार बसरुद्दिन अन्सारीले ७ हजार ५७० मत ल्याएका छन्। फोरम लोक्तान्त्रिका विमल श्रीवास्तवले ६ हजार ९९० मत ल्याएर पाँचौ स्थानमा छन्। उपमेयरमा भने नेपाली कांग्रेसकी शान्ति कार्की १७ हजार ७१९ मत ल्याएर अगाडि छिन्। फोरम नेपालकी पिङकी यावदले १५ हजार ८३३ मत प्राप्त गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell