PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

डाक्टरले लत्याए मन्त्रीको निर्देशन, दशैंमा पनि अस्पताल बन्द



पहिलोपोस्ट

डाक्टरले लत्याए मन्त्रीको निर्देशन, दशैंमा पनि अस्पताल बन्द
फाइल फोटो

काठमाडौं : नेपाल चिकित्सक संघले दशैंमा पनि आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता नलिने बताएको छ। चिकित्सकहरुको माग पूरा गर्न सरकार संवेदनशील नभएकाले आन्दोलन नरोकिने चिकित्सक संघले जनाएको छ।

आज दिउँसो स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गरेर चिकित्सक संघलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए। चिकित्सकहरुको माग पूरा गर्न सरकार सकरात्मक भएर काम गरिरहेको बताउँदै उनले केही दिन आन्दोलन स्थगित गरेर काममा फर्कन आग्रह गरेका थिए।

डाक्टरले लत्याए मन्त्रीको निर्देशन, दशैंमा पनि अस्पताल बन्द

कार्यकर्ममा बोल्दै पोखरेलले प्रधानमन्त्री शेर बहादुर देउवा विदेशबाट आएपछि माग पूरा हुने आश्वासन दिएका थिए।

तर, चिकित्सक संघले स्वास्थ्य मन्त्रीको आस्वासनले आन्दोलन फिर्ता नलिने बताएको छ। जेल विथआउट बेलको प्रावधान नबनेसम्म आन्दोलन नरोकिने संघका महासचिव लोचन कार्कीले बताएका छन्।

गत सातादेखि चिकित्सक संघले चिकित्सकहरुलाई कुटपिट र हातपात गर्नेहरुलाई जेल विथआउट बेल हुनुपर्ने भन्दै आन्दोलन गरेको छ। आकस्मिक बाहेकका अन्य सेवा ठप्प पार्दा देशभरका अस्पतालमा बिरामी मर्कामा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell