PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

पानी भर्ने इनारमा मानिसको शव



रासस

भक्तपुर : सूर्यविनायक नगरपालिका–५ सृजनानगरस्थित निमार्णाधीन घरको इनारमा आज एक पुरुषको शव फेला परेको छ। 

निर्माणाधीन घरमा काम गर्ने मोरङ सुन्दहरैचा नगरपालिका–१६ का ४६ वर्षीय रामबहादुर धिमालको सोही घरको इनारमा डुबेको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell