PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

बेलायतमा नेपाल आइडल कन्सर्ट, हुनेछ ४ फरक कार्यक्रम



पहिलोपोस्ट

बेलायतमा नेपाल आइडल कन्सर्ट, हुनेछ ४ फरक कार्यक्रम

काठमाडौं: नेपाल आइडलका तीन विजेता सांगीतिक प्रस्तुतीका लागि बेलायत जाने भएका छन्। संमसारा ग्रुप युके र मोन्ट्याज इन्टरनेशनलको संयुक्त आयोजनामा चार दिनको सांगीतिक कार्यक्रम आयोजना भएको हो।

नेपाल आइडल बुद्ध लामा, फस्ट रनर्स अप निशान भट्टराई र सेकेन्ड रनर्स अप प्रताप दाससँगै प्रमिला राई पनि बेलायतमा हुने पहिलो कार्यक्रमको लागि जाने भएकी छिन्। लक्ष्मी बैंकमा कार्यरत प्रमिलाले कार्यालयबाट पाएको साथको कारण नै जागिर र गायनलाई सँगै लिएर अगाडी बढ्न सहज भएको बताइन्। भनिन्,'आम स्रोताबाट जस्तै बैंकका सम्पूर्णबाट साथ, सहयोग र माया पाएको छु।'

कार्यक्रमका लागि टोली १ नोभेम्बरमा बेलायततर्फ जानेछ। पहिलो कार्यक्रम ३ नोभेम्बरमा एम्पायर हल, अल्डहरसटमा हुनेछ। त्यस्तै दोस्रो कार्यक्रम फल्कस्टोनको हकिङ कम्युनिटी सेन्टरमा हुने बताइएको छ। तेस्रो प्रस्तुती लन्डनको हरो लिजर सेन्टर र चौथो कार्यक्रम प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा हुने जानकरी दिइएको छ। चारवटै कार्यक्रममा कुल १५००० नेपाली दर्शक, स्रोताको उपस्थिति रहने अनुमान आयोजकको छ। अध्यक्ष राजाराम गिरीले भने,'कार्यक्रम सफलताको लागि कलाकार साथै त्यहाँ रहनु भएका नेपालीको पनि साथ अत्यन्त आवश्यक छ। सम्पूर्ण नेपाली, संघ, संस्था र समुह मिलेर साथ दिनु हुनेछ भन्ने आशा छ।' उनले कार्यक्रमबाट हुने आर्थिक फाइदाको केही प्रतिशत बाढीपीडितलाई राहत उपलब्ध गराउन खर्च गर्ने जानकारी समेत दिए।

कार्यक्रममा प्रस्तुतीको लागि कलाकार स्वयंम, आयोजक र स्रोताको आग्रहका आधारमा गीत चयन हुनेछ। मुन्ट्याज इन्टरनेशनल रोशन पराजुली सम्सरा युके र मनकामना मना ट्रान्सफरको संयुक्त आयोजनमा हुने भएको हो। बेलायत अघि दुबईमा प्रस्तुती दिएर आउने टोलीको लागि अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापानको लागि पनि कार्यक्रम तय भैसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell