PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

कलैया उपमहानगरपालिका प्रमुखमा कांग्रेसका यादव विजयी



रासस

कलैया उपमहानगरपालिका प्रमुखमा कांग्रेसका यादव विजयी

कलैया : गत असोज २ गते भएको स्थानीय तहको निर्वाचनबाट कलैया उपमहानगरपालिका प्रमुखमा १८७ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी भएका छन् । 

यादवले १० हजार ९०३ र उनका निकट प्रतिस्पर्धी नेकपा (एमाले)का विनोद साहले १० हजार ७१६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । 

त्यसैगरी उपप्रमुखमा काँग्रेसकै रहिना खातुन १० हजार ५३८ मत प्राप्त गरी विजयी भएकी छिन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेकी प्रतिमा यादवले १० हजार ३७२ मत प्राप्त गरेका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell