PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु



पहिलोपोस्ट

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

नवलपरासीः पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्तापूर्व दुम्कीबास अरुणखोलाबीच जंगलमा ट्रकको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परी मोटरसाइकलमा सवार घाइते जिल्ला चितवन भरतपुर महानगरपालिका–९ बस्ने १४ वर्षीय हिमाल सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी घाइते भएको अन्य दुई जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ६ ख ५६०० नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु १० प ६०७६ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell