PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

चाडपर्वको कारण देखाउदै डाक्टर केसीले अनसन स्थगित गरे



सागर बुढाथोकी

चाडपर्वको कारण देखाउदै डाक्टर केसीले अनसन स्थगित गरे

काठमाण्डौः १२ ‍औं पटक अनसन बसिरहेका डाक्टर गोविन्द केसीले अनसन स्थिगित गरेका छन्। 

बुधवार प्रेस विज्ञप्ति जारी गर्दै अनसन स्थगित गरेको डाक्टर केसीले जानकारी गराए । केसीले जारी गरेको विज्ञप्तिमा हिन्दुधर्मालम्वीहरुको महान चाड दशै परेकाले अनसन स्थागित गरिएको उल्लेख गरिएको छ । 
सरकारले आफ्ना माग पूरा नगरे असोज १९ गतेबाट फेरी अनसन बस्ने चेतावनी दिएका छन् । 

माफियामुखी चिकित्सा शिक्षा विधेयक संसदबाट पास हुन लागेको भन्दै २ दिन अघि अनसन शूरु गरेका थिए । केसीको यो नै सवैभन्दा कम अनसन अवधि हो । गतबर्षको दशैमा पनि केसिले १२ ‌औं दिनमा अनसन स्थगित गरेका थिए ।

यस्ता छन् डाक्टर केसीको माग

१) माथेमा प्रतिवेदन तथा हाम्रा सुझावअनुरुप परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा ऐन पारित गरियोस् । 

२) मेडिकल माफियासितको मिलेमतोमा एमबीबीएसका लागि सरकारले तोकेको भन्दा दशौं लाख बढी शुल्क अवैध रुपमा निर्धारण गर्ने काठमाडौं विश्वविद्यालयको निर्णय तत्काल खारेज गरी सरकारले तोकबमोजिम एमबीबीएसका लागि रु ३८,५०,००० (काठमाडौं उपत्यकाभित्र), रु ४२,४५,०००(उपत्यकाबाहिर) तथा बीडीएसका लागि रु १९,३२,६१२ कायम गरियोस् ।

माफियासित मिलेमतो गरेर अरबौंको चलखेल गर्ने डिन राजेन्द्र कोजुलाई तत्काल बर्खास्त गरियोस् । त्रिविअन्तर्गतका निजी मेडिकल कलेजमा स्नातकोत्तरको शुल्क रु २२,५०,००० कायम गरियोस् । 

अनियमिततापूर्वक धेरै शुल्क तोक्ने तथा खाली भवनलाई एमबीबीएसको सम्बन्धन दिने त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरेर कारवाही गरियोस् । आइओएमबाट त्रिविले खोसेर लगेका अधिकारहरु तत्काल फिर्ता गरियोस् । 

३) बर्खास्त गरिएका आयल निगमका प्रमुखमाथि छानविन गरेर उनले हिनामिना गरेको अर्बौं रुपैयाँ असुलउपर गर्दै कारवाही गरियोस् ।
सोही भ्रष्टाचार काण्डमा उनीसित मिलेर भ्रष्टाचार गर्ने सबै तहका अन्य सबै व्यक्तिहरु तथा भ्रष्टाचार गरेको पुष्टि भएर पनि कारवाहीमा नपरेका अन्य सार्वजनिक संस्थान, परिषद् र संस्थाका पदाधिकारीहरुमाथि समेत तत्काल पदच्युत गरेर छानविन तथा कारवाही गरियोस् । 

४) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन–अध्यापन शुरु गर्ने गरी बजेट तथा अन्य व्यवस्था गरियोस् । 

कैलाली र दाङका सरकारी मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस् । डोटी–डडेल्धुरा, धनुषा–महोत्तरी, उदयपुर, पाँचथर–तेह्रथुम आदि ठाउँमा तत्काल सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell