PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

दर्शक प्रतिक्रियाको लागि हलमा 'छक्कापञ्जा २' युनिट, हेर्नुस् फोटोमा



पहिलोपोस्ट

दर्शक प्रतिक्रियाको लागि हलमा 'छक्कापञ्जा २' युनिट, हेर्नुस् फोटोमा

काठमाडौं: बुधबारबाट प्रदर्शनमा आएको फिल्म 'छक्कापञ्जा २' हेर्न फिल्मका कलाकारहरु पनि हलसम्म पुगे। मल्टिप्लेक्स एवं सिंगल स्क्रिनमा समेत शो पाएको ब्लकबस्टर फिल्म छक्कापञ्जा सिक्वेले प्रदर्शनको पहिलो दिन दर्शकको राम्रो साथ पाएको देखिन्छ।

अभिनेत्री प्रियङ्का कार्की पनि प्रेमी अभिनेता आयुष्मान देशराज जोशीसँगै दर्शक प्रतिक्रिया लिन गोपीकृष्ण हलमा पुगिन्। फिल्म हेरेर फर्किएका दर्शकले उनीहरुलाई घेरे र फोटो खिचाए। उनीहरुसँगै फिल्म वितरक गोपाल कायस्थ र फिल्मका अभिनेता स्वरुप पुरुष ढकाल र निर्मात्री दीपाश्री निरौला पनि देखिएका थिए।

फिल्म युनिटका अन्य कलाकार जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल लगायतका केही आज बिहानै देखी गोपीकृष्ण, कुमारी, क्युजमा दर्शक प्रतिक्रिया लिन उपस्थित रहे।











तस्विर: कुशल घतानी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell