PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

दशैंमा जुवा खेल्ने १३ जना जुवाडे पक्राउ



पहिलोपोस्ट

दशैंमा जुवा खेल्ने १३ जना जुवाडे पक्राउ

पोखराः  जिल्ला प्रहरी कार्यालय कास्कीको एक टोलीले छुट्टाछुट्टै दुई स्थानबाट रुएक लाख ९२ हजार रुपैयाँ नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ । 
पोखरा लेखनाथ महानगरपालिका १३ संगम टोलस्थित सन्तोष श्रेष्ठको घरबाट रु ४१ हजार ४७५ सहित छजना जुवाडे र पोखरा १७ काउछेघारीस्थित दीपेन्द्र पौडेलको घरबाट रु एक लाख ५० हजार ५४५ नगदसहित सात जना जुवाडे पक्राउ गरिएको प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए । 

पक्राउ पर्नेमा पोखरा–१३ का हरि तामाङ, किशोर परियार, मिलन गुरुङ, राजेन्द्र नेपाली, शोभित नेपाली, पोखरा–१७ का बोधराज रेग्मी, प्रकाश रेग्मी, अनिल क्षेत्री, पोखरा–३ का राजु रेग्मी, पोखरा–५ का रामकृष्ण पौडेल र २९ का अमर खनाल रहेका छन् । 

अवैधरुपमा जुवा खेलिरहेको प्राप्त सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता खत्रीले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell