PahiloPost

Mar 20, 2023 | ६ चैत्र २०७९

जीवित देवी कुमारीको दर्शनका लागि समय थप



पहिलोपोस्ट

जीवित देवी कुमारीको दर्शनका लागि समय थप
फाइल फोटो

काठमाडौैः  जीवित देवी कुमारीको दर्शनका लागि वसन्तपुरस्थित कुमारीघरमा आजदेखि सर्वसाधारणलाई सहजरूपमा खुला गरिएको छ । 

प्रत्येक वर्ष फूलपातीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म भक्तजनले कुमारीको सहज दर्शन गर्नका लागि समयावधि बढाउने गरिन्छ । 

बिहान ९ देखि साँझ ७ बजेसम्म कुमारीघरमा रहनुभएकी कुमारीको दर्शन गर्न सकिने कुमारीघरका संरक्षणकर्ता गौतमरत्न शाक्यले जानकारी दिनुभयो । तलेजु भवानीको अवतारका रुपमा कुमारीलाई सम्मान तथा आस्था प्रकट गरिन्छ । सामान्य अवस्थामा बिहान ९ देखि १२ बजेसम्म तथा साँझ ४ देखि ६ बजेसम्म दर्शनको व्यवस्था मिलाइएको हुन्थ्यो । 

शुक्रबार महानवमीको दिन मध्यरातमा कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लगिने परम्परा छ ।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell