PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

दशैंमा ट्राफिक नियम कडाइः दिउँसै मापसे चेकिङ



पहिलोपोस्ट

दशैंमा ट्राफिक नियम कडाइः दिउँसै मापसे चेकिङ

काठमाडौः दसैंमा हुन सक्ने दुर्घटना न्युनीकरणका लागि महानगरीय ट्राफिक प्रहरी  थप चेकिङमा कडा गरेको छ । महाशाखाले चौबीसै घन्टा मापसे (मादक पदार्थ सेवन) चेकिङ गरिरहेको  छ।

दसैंको समयमा ट्राफिक कम हुने र मापसे चेकिङ नहुने ठानेर दिउँसै मादक पदार्थ सेवन गरी सवारी चलाउने पाइएकाले यस २४ सै घन्टा मापसे चेकिङ भइरहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले बताए ।

उपत्यका भित्रका तीन जिल्ला ३२ स्थानमा ट्राफिक चेकिङको व्यवस्था मिलाइएको एआइजी चन्दले जानकारी दिए ।
ट्राफिक महाशाखाले फूलपातीको दिन मापसे गरेर सवारी चलाउने ८८ जनालाई कारबाही गरेको छ । 
 
त्यस्तै सवारीसाधनको क्षमताभन्दा बढी यात्रु बाकेर तीव्र गतिमा सवारी चलाउने, यात्रुसँग बढी भाडा असुल्ने, मिटरमा जान नमान्ने ट्याक्सीलाई समेत कारबाही थालेको  छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell