काठमाडौः दसैंमा हुन सक्ने दुर्घटना न्युनीकरणका लागि महानगरीय ट्राफिक प्रहरी थप चेकिङमा कडा गरेको छ । महाशाखाले चौबीसै घन्टा मापसे (मादक पदार्थ सेवन) चेकिङ गरिरहेको छ।
दसैंको समयमा ट्राफिक कम हुने र मापसे चेकिङ नहुने ठानेर दिउँसै मादक पदार्थ सेवन गरी सवारी चलाउने पाइएकाले यस २४ सै घन्टा मापसे चेकिङ भइरहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले बताए ।
उपत्यका भित्रका तीन जिल्ला ३२ स्थानमा ट्राफिक चेकिङको व्यवस्था मिलाइएको एआइजी चन्दले जानकारी दिए ।
ट्राफिक महाशाखाले फूलपातीको दिन मापसे गरेर सवारी चलाउने ८८ जनालाई कारबाही गरेको छ ।
त्यस्तै सवारीसाधनको क्षमताभन्दा बढी यात्रु बाकेर तीव्र गतिमा सवारी चलाउने, यात्रुसँग बढी भाडा असुल्ने, मिटरमा जान नमान्ने ट्याक्सीलाई समेत कारबाही थालेको छ।