PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

फिल्म ‘झ्यानाकुटी’को पहिलो गीत, नीशा अधिकारीको कोरियोग्राफी



पहिलोपोस्ट

फिल्म ‘झ्यानाकुटी’को पहिलो गीत, नीशा अधिकारीको कोरियोग्राफी

काठमाडौं: फिल्म ‘झ्यानाकुटी’को पहिलो गीत सार्वजनिक भएको छ। मङ्सिर १ गते रिलिज टार्गेट रहेको फिल्मको प्रचारका लागि गीत युट्युबमार्फत भिडियो सार्वजनिक गरिएको हो। मुख्य दुई कलाकार सौगात मल्ल र बेनिशा हमालको फिचरिङ रहेको भिडियोलाई सिमोश सुनुवार र नीशा अधिकारीले कोरियोग्राफ गरेका हुन्।

सनिश सुनुवारको शब्द तथा संगीत रहेको गीतमा धर्मेन्द्र सेवान र मारुती भण्डारीले स्वर दिएका छन्।

फिल्मलाई अभिनेत्री नीशा अधिकारीले निर्माण गरेकी हुन्। सिमोश सुनुवार निर्देशित फिल्ममा सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको छ। कमेडी जानराको फिल्मलाई कास्की जिल्लामा छायांकन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell