PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

दशैंमा लोकल खसीको अभावः गाउँका खसी निर्वाचनमा खपत



अमर बडुवाल

दशैंमा लोकल खसीको अभावः गाउँका खसी निर्वाचनमा खपत

काठमाडौः यो बर्षको दशैंमा लोकल खसीको अभाव देखिएको छ । यसरी खसीको अभाव हुनुमा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन नै प्रमुख कारण भएको खसी व्यवसायीहरु बताउँछन् ।

 बजारमा लोकल खसीको माग बढेपनि ग्राहकलाई दिन नसकेको काठमाडौं चौपाया खरिद बिक्रि केन्द्र कलंकीका प्रबन्ध निर्देशक जीवनराज खतिवडाले बताए । उनले भने 'हामिले पनि जति सक्दो धेरै लोकल खसि ल्याउने योजना बनाएका थियौ। तर गाउँमा भने सबै खसि स्थानीय निर्वाचनमा खपत भैसकेका रहेछन्।' माग अनुसारको खसी ल्याउन नसक्दा गत वर्षभन्दा मासु किलोमा ५० रुपैयाँ महंगो भएको छ ।  

खसीबोकाको माग सबै भन्दा धेरै सप्तमीको दिन हुन्छ। अष्टमीको दिन बलीको रुपमा खसिबोका काट्ने परम्परा रहिआएकोले सप्तमीको दिन धेरै जनाले खसिबोका लिएर जाने गरेको खतिवडा बताउँछन्।

यो वर्ष देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोका कारण पनि खसिबोका आयातमा समस्या भएको व्यापारी बताउँछन् । बसमा खसि ल्याउने गरेकोमा यो वर्ष पशुपन्छी विकास मन्त्रालयले अनुगमन गर्दै कार्वाही गर्न थालेपछि खसि आयातमा पनि समस्या भएको खतिवडाले बताए।

वर्षेनी तीन लाख ५० हजार सम्म खसिबोका खपत हुने प्रालीको तथ्याङ्क छ। मासिक रुपमा २० देखि २५ हजार मात्र खसिबोका खपत हुने गरेपनि  दशैंतिहारको एक महिनामा भने ५० हजार खसिबोका खरिद बिक्री हुनेगरेका थिए। यो वर्ष भने ३० देखि ३५ हजार खसिबोका मात्र खपत भएको उनले बताए।

अहिले भारतीय खसिको बजार ७५ प्रतिशत र नेपाली खसिको बजार २५ प्रतिशत रहेको खतिवडाको भनाई छ। दशैं तिहारमा खपत भैरहेको खसिबोकाको संख्यामा दोब्बर खपत हुने गर्छ। तर त्यो सँगै आयात हुने संख्यामा पनि त्यसै गरि बृद्धि हुने गरेको उनी बताउँछन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell