काठमाडौः चाडपर्वमा राजधानीमा हुने विभिन्न अपराधलाई नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरिरहेको छ । प्रहरीले दशैंमा हुने अपराधलाई कम गर्ने सर्वसाधरणमा यस्तो अपिल गरेको छ ।
१. आफ्नो घरको डेरा व्यक्ति तथा काम गर्नेको व्यक्तीको नाम, थर र फोटोसहितको विवरण राख्नुहोस् ।
२. रातको समयमा आफ्नो घर, टोलमा हो हल्ला गरी हिड्ने तथा शंकास्पद व्यक्तिहरुको गतिविधि देखेमा प्रहरीमा तुरुन्तै खवर गर्नुहोस् ।
३. जुवा, तास, ढुकुटी आफु पनि नखेल्न, नखेलाउन र खेलको देखेमा प्रहरीलाई खवर गर्नुहोस् ।
४. टोलमा नौलो असामान्य मानिस देखेमा निगरानी गर्नुहोस् वा उसको बारेमा जानकारी राख्नुहोस् ।
५. सार्वजनिक स्थानमा धुम्रपान, मध्यपान गर्ने कार्यलाई निरुत्साहि गरौं ।
६. छतमा चढेर यात्रा नगरौं, जथाभावि सवारी पार्किङ नगरौं ट्राफिक नियम पालना गरौं
७. अपरिचित ब्यक्तिले दिएको कुनै पनि खाना सेवन गर्नुहोस् ।
८. रातको समयमा कसैले ढोका ढकढक्याए नचिनिकन ढोका नखोल्नुहोस् ।
९. घर टोलमा रातको समयको लागि बत्तीको व्यवस्था तथा साइरन राख्ने व्यवस्था मिलाउनुहोस् ।
१०. बैंक तथा वितिय सस्थामा ठुलो रकम झिक्न र राख्न जादाँ विश्वासिलो मानिसलाई लिएर जानुहोस् ।
११. चोरी, डकैति, लुटपाट, गुण्डागर्दी भएको थाहा पाउने वितिकै प्रहरीलाई खवर गर्नुहोस् ।
१२. सार्वजनिक स्थानमा हिडडुल गर्दा सुनको गहना प्रयोग नगर्नुहोस् तथा साथमा बढी रकम नबोक्नुहोला ।
१३. धम्कीपूर्ण फोन आए रेर्कड गर्न मिल्नेसम्म गर्नुहोस् र प्रहरीलाई नम्वर दिनुहोस् ।
१४. कालोबजारी, अवैध मदिरा विक्रिवितरण, चन्दा आतंक, अपहरण जस्ता भएको थाहा पाए प्रहरीलाई निर्धक्क सम्पर्क गर्नुहोला
१५. रातीको समयमा घरको गेट, ढोकाको चुकुल, कब्जा राम्रोसँग बन्द गरी सुत्ने गर्नुहोस् ।
१६. लामो समयको लागी घर छोडेर बाहिर जादा विश्वासिलो मानिसको जिम्ममा छोड्नुहोस् ।
१७. प्रज्वलशिल पदार्थको व्यवस्थापन सुरक्षित तवरले गर्नुहोस् ।