PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

मिथुन चक्रवर्तीका छोरा अब टिभी श्रृङ्खलामा



पहिलोपोस्ट

मिथुन चक्रवर्तीका छोरा अब टिभी श्रृङ्खलामा

बलिउडका प्राय चर्चित कलाकारले आफ्नो सन्तानलाई पनि पर्दामा ठाउँ दिएको पाइन्छ। केहीले फिल्म निर्माण गर्छन्, केहीले निर्देशन, अभिनय त कतिले सानो पर्दामै डेब्यु गरेर पनि रमाउँछन्। टिभी कार्यक्रममा रमाउनका लागि आउने भएका छन् अभिनेता मिथुन चक्रवर्तीका छोरा मिमोह।

डान्सदेखि कमेडीसम्म समेट्ने टेलिभिजन श्रृङ्खलामा मिमोह सोहेल खानसँग देखिने बलिउड हंगामाले जनाएको छ। जसमा सोहेल खान रेस्लरको भूमिकामा देखिने खबर यसअघि नै सार्वजनिक थियो। हाल मिमोह पनि रेस्लरकाै रुपमा देखिने जनाइएको छ। श्रृङ्खलामा भारतबाट पाकिस्तान बसाई सरेको रेस्लरको कथा समावेश हुनेछ।

कार्यक्रममा जायद खान, सञ्जय कपूर पनि देखिनेछन्। प्रि- प्रोडक्शन फेजमा रहेको श्रृङ्खलाका लागि अहिले सम्पूर्ण कलाकार ट्रेनिङ लगायतको तयारीमा व्यस्त छन्। कार्यक्रम अमृतसरमा छायांकन हुनेछ। केही छायांन भैसकेको कार्यक्रम च्यानलको अनुमती पर्खिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell