PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

सदाको लागि बन्द भयो वासुदेव मुनालको आवाज



पहिलोपोस्ट

सदाको लागि बन्द भयो वासुदेव मुनालको आवाज

काठमाडौं: रेडियो प्रस्तोता, गीतकार, संगीतकार एवं कवि समेत रहेका वासुदेव मुनालको निधन भएको छ। घाँटीको क्यान्सरका कारण उपचाररत मुनालको विहीबार काठमाडौंमा निधन भएको हो। हरिसिद्दीको क्यान्सर अस्पतालमा उपचार गराई रहेका उनको आर्थिक अभावका कारण घाँटीमा पलाएको ट्युमरको उपचार हुन सकेको थिएन।

पहिलोपोस्टलाई मुनालकी श्रीमती इन्दिरा कोइरालाले उनको उपचारका लागि सरकारले सहयोग रकम दिने आश्वासन दिएको बताएकी थिइन्। भनेकी थिइन्,'क्याबिनेटले पैसा दिने निर्णय गरेपछि हामी उहाँको अपरेशनका लागि दिल्ली जान्छौं।'

घाँटीको ट्युमरका कारण बोल्न र खान गाह्रो भएको वासुदेवको उपचारका लागि सरकारले सहयोग रकम दिनु अघि उनको बोली सदाको लागि बन्द भएको छ। उनको आज निधन भयो।

बोली बन्द भएपछि उनले अस्पतालकै शैय्याबाट लेखेका थिए,'मलाई मेरो बोली देऊ, होइन भने पोली देऊ'।

२०२९ सालमा विराटनगरबाट रेडियो नेपालमा गीत गाउने सपना बोकेर काठमाडौं आएका ३४ वर्ष रेडियो नेपालमै बिताए। बाल कार्यक्रम उनको चर्चित कार्यक्रम थियो। ६ वर्ष अघि ब्रेन ह्याम्रेजका कारण स्वास्थ्यमा समस्या भएपछि उनले रेडियो नेपालबाट अवकास लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell