PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

फोटोमा हेर्नुस् राष्ट्रपतिको शक्तिपीठ यात्रा

फोटोमा हेर्नुस् राष्ट्रपतिको शक्तिपीठ यात्रा

रासस/पहिलोपोस्ट


काठमाडौँ : बडादशैँको महाअष्टमीको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले आज उपत्यकाका शक्तिपीठहरुको दर्शन र पूजा अर्चना गरिन्।

राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महाँकाल, संकटा, नरदेवी, इन्द्रयणी र शोभाभगवतीमा पूजाआजा एवं दर्शन गरी मन्दिरका पुजारीबाट फूलप्रसाद ग्रहण गरिन्। 

नवदुर्गाको विशेष पूजा गरी आश्विन शुक्ल अष्टमीका दिन शक्तिपीठमा दर्शन गरे वर्षभरिका लागि आध्यामिक शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । 

त्यसअघि आज बिहान राष्ट्रपति भण्डारीले काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवतीमा पनि दर्शन र पूजा अर्चना गरेकी थिइन्। 
 


ट्रेन्डिङ पोस्ट

Ncell