PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

दशैँ अनुभव : जब रवीन्द्र मिश्रले खसी मार हान्न उठाएको खुकुरी उछिट्टिएर आफैलाई घाइते बनायो



आकाश क्षेत्री

दशैँ अनुभव : जब रवीन्द्र मिश्रले खसी मार हान्न उठाएको खुकुरी उछिट्टिएर आफैलाई घाइते बनायो

विवेकशील साझा पार्टीका सहसंयोजक रवीन्द्र मिश्रको घरमा हरेक दशैंमा एउटा खसी ल्याइन्थ्यो र मार हान्ने जिम्मा उनकै हुन्थ्यो। कलेज पढ्ने बेलादेखि मार हान्न थालेका थिए उनले। दुर्इ वर्ष खसी मार हान्दा कताकता नराम्रो महसूस भयो। त्यसपछि उनले भने, ‘अब कहिल्यै मार हान्दिनँ।’ 

तर, एउटा दशैंमा फेरि मार हान्नु पर्ने स्थिति आइलाग्यो। भयो के भने आफूले मार नहान्ने भएपछि उनका बुबा नै मार हान्न तम्सिए। उनलार्इ त्यो मन परेन।

त्यो दशैंमा रविन्द्रले खसीको टाउको छुट्याउन हानेको खुकुरी उछिट्टिएर आफ्नै हात घाइते पारिदियो। त्यो दिन सम्झँदै उनी भन्छन्, ‘त्यस दिन मेरो हात नै छुट्टिन सक्थ्यो। तर बच्यो।  त्यसपछि मैले वाचा गरेँ- अब म कहिल्यै मार हान्दिनँ।'

पत्रकारबाट नेता बनेपछिको यो पहिलो दशैं कस्तो हुनेवाला छ? 

‘यो पटकको दशैं राजनीतिको भारीमा बित्ने भएको छ’ राजनीतिमा लागेपछि पहिलो दशैं अनुभव बताउन रवीन्द्र उत्सुक देखिन्छन्। 

पत्रकारिता पेशामा हुँदा यस्तो चाप महसुस गरेका थिएनन् उनले। उनलार्इ लाग्छ पत्रकारितामा अभ्यस्त भएर पनि होला अघिल्ला दशैंहरुमा उनलार्इ कुनै चापको महसुस भएन। तर, अहिले नयाँ पार्टी र त्यसमाथि पार्टी एकीकरण साथमा नजिकिँदै गरेका निर्वाचनहरुको चापले उनी यो दशैंमा थिच्चिने भएका छन्। 

बिहानदेखि रातिसम्म राजनीतिको कुरा गरेरमात्र बित्ने र दशैं पनि यसरी नै सकिने उनी बताउँन्। 




बाल्यकालको दशैं 

‘उहाँ त बच्चाबच्चीसँग चङ्गा उडाउनु हुन्छ,’ श्रीमती सारिकाले रवीन्द्रको बारेमा सुनाए। 

‘बाल्यकालको दशैंमा चङ्गा र पिङ्ग एकदमै खेलियो,’ पुरानो दशैं सम्झँदै हाँसिदिन्छन्। दशैंका बेला बौद्धमा भएको उनको घरमा खसी काटिन्थ्यो। त्यो समयमा उनी पोलेको मासु खुब खान्थे। 

टोलका साथीहरु जम्मा गरेर खेल्थे र रमाइलो पनि गर्थे। त्यो बेलाको माहौल सम्झँदा अहिलेको जीवन सँग तुलना गर्न मन नै लाग्दैन उनलाई। 
अहिले दशैं तिहार जस्तो भएपनि बाल्यकाल सँग तुलना गर्न नसक्ने र त्यो बेलाको हुने वातावरण पनि अहिले आउन नसक्ने उनलार्इ लाग्छ। 

बाल्यकालमा केही दशैंहरु उनले सुदुरपश्चिमको डोटी र दार्चुलामा पनि बिताएका छन्। उनका काका जागिरको सिलसिलामा सुदूरपश्चिममा पुगेका बेला उनी पनि त्यहीँ पुगे र उतैको विद्यालयमा भर्ना भए अनि दशैंपनि उतै रमाइलोसँग मनाए। 

सुदुरपश्चिम र काठमाडौंको दशैंमा के फरक रहेछ त? 

‘काका सरकारी जागिरे भएकाले हामीलार्इ सहज थियो,’ रवीन्द्र एकछिन अडिएर भन्छन्, ‘तर, अलिकति टाढा यस्ता बालबालिका पनि थिए, जसको दशैं एकदमै कठिन हुनेगर्थ्यो।’ 
  
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell