पोखराः इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले जुाव खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट प्रहरी ७१ हजार रुपैयाँ र चार थान तास बरामत गरेको छ ।
जुवा खेलेको सुराकीका आधारमा गएको टोलीले पोखरा लेखनाथ महानगरपालिका–३० पावरहाउसका जीतबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा तिनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए ।रासस