PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

फ्राइडे रिलिज: एक बलिउड फिल्म पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिज: एक बलिउड फिल्म पर्दामा

काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत कुनै पनि नेपाली फिल्म सार्वजनिक भएनन्। दशैं बिदाको छेको पारी दुई फिल्म छक्कापञ्जा २ र मेरो पैसा खोई? बुधबार नै प्रदर्शनमा आएपछि शक्रबारका नयाँ नेपाली फिल्म रिलिज क्युमा रहेनन्।

बलिउडतर्फबाट भने फिल्म 'जुडुवा २' सार्वजनिक भएको छ। वरुण धवन स्टारर फिल्ममा उनको डबल रोल रहेको छ। अन्य कलाकार ज्याकलिन फर्नाडेज, तप्सी पन्नु, अनुपम खेर लगायतको पनि अभिनय रहेको छ। एक्शन कमेडी जनराको फिल्मलाई डेविड धवनले निर्देशन गरेका हुन्। फिल्मलाई १९९७ को फिल्मको सिक्वेल मानिएको छ। उक्त फिल्ममा सलमान खानको डबल रोल रहेको थियो।

फिल्मले मल्टिप्लेक्स एवं सिंगल स्क्रिनमा शो पाएको छ।

हलिउडतर्फ पनि यो साता कुनै नयाँ फिल्म सार्वजनिक भएको छैन। गत साता सार्वजिक 'किंगसिप' नै प्रदर्शनरत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell