PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

विद्या बालन परिन् कार दुर्घटनामा



पहिलोपोस्ट

विद्या बालन परिन् कार दुर्घटनामा

बलिउड अभिनेत्री विद्या बालन कार दुर्घटनामा परेकी छिन्। यसअघि उनले फिल्म 'तुम्हारी सुलु'को सुटिङ सेटमा उपस्थिति नजनाएको खबर सार्वजनिक भएको थियो। तर कारण भने उल्लेख गरिएको थिएन।

बलिउड हंगामाका अनुसार दुर्घटनामा परेको कारण उनी सेटमा जान नसकेकी हुन्। मुम्बईबाट बान्द्रा जाँदै गर्दा उनको कार दुर्घटनामा परेको हो। उनी सवार गाडीलाई पछाडिबाट अर्को सवारीले ठक्कर दिएको हो। विद्यालाई गहिरो चोट नलागेको भएपनि उनको गाडी क्षतिग्रस्त छ।

नयाँ भेन्चर 'तुम्हारी सुलु'मा उनी रेडियो जक्कीको रुपमा प्रस्तुत हुँदैछिन्। सुरेश त्रिवेनिल्तको निर्देशन रहने फिल्मको आउँदो डिसेम्बर १ मा रिलिज टार्गेट रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell