PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

मुम्बईको रेल स्टेशनमा भागदौडमा २२ जनाको ज्यान गयो, दर्जनौं घाइते



पहिलोपोस्ट

मुम्बईको रेल स्टेशनमा भागदौडमा २२ जनाको ज्यान गयो, दर्जनौं घाइते
फोटो : हिन्दुस्तान टाइम्स

मुम्बई : भारतको मुम्बईमा आज बिहान अकस्मात भागदौड मच्चिएपछि त्यसमा परी कम्तीमा पनि २२ जनाको मृत्यु भएको छ। 

भागदौडमा परी दर्जनौँ व्यक्ति घाइते भएका छन्। भिडमा च्यापिएर र भाग्ने क्रममा भूइँमा लड्दा अर्कोले किचेर उनीहरुको ज्यान गएको र अरु केही नराम्ररी घाइते भएका बताइएको छ। 

भारतको आर्थिक राजधानी मानिने मुम्बई शहर नजिकैको रेल स्टेशनमा भागदौड भएको थियो।

मुम्बईको मूल बजार नजिकैको लोवर प्यारेल र एल्फिन स्टोन स्टेशनमा सो भागदौड मच्चिएको हो। शुक्रबार बिहान पौने ११ बजे भागदौड भएको थियो। 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell