PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

बन्दै गरेको घरको पिलरले किचेर बालको मृत्यु



रासस

उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित पुरानो गाईघाटमा आज अपराह्न छिमेकीको निर्माणाधीन घरको पिलरले किचेर एक बालकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृृत्यु हुने बालक त्रिनपा–१२ की कोपिला खड्काका छ वर्षीय छोरा सन्देश खड्का रहेको प्रहरीले बताएको छ । 

आज अपराह्न १ बजेतिर बालक आफैँ छिमेकीको निर्माणाधीन घरमा गएर खेल्ने क्रममा नयाँ पिलर हल्लाएपछि घरको पिलर लडेर बालकलाई घाइते बनाएको थियो । 

घाइते बालकलाई तत्काल जिल्ला अस्पताल लानेक्रममा बाटैमा मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell