PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

४५६ कैदीलाई दशैँ बन्यो विशेष, राष्ट्रपतिले दिइन् माफी



रासस

४५६ कैदीलाई दशैँ बन्यो विशेष, राष्ट्रपतिले दिइन् माफी
फाइल फोटो

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैं २०७४ को उपलक्ष्यमा ४५६ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी छिन्। 

मन्त्रिपरिषद्को सिफारिसका आधारमा उनले उनीहरुको भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी हुन्। 

राष्ट्रपति भण्डारीले कारागार नियमावली, २०२० को नियम २९ को उपनियम (१) र (२ क), कारागार व्यवस्थापन कार्यविधि, २०७३ एवं सजाय माफी, मुल्तवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१ बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका उनीहरूको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell