PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

डुङ्गा डुबेपछि २३ रोहिंगाको शव भेटियो ४० अझै वेपत्ता



पहिलोपोस्ट

डुङ्गा डुबेपछि २३ रोहिंगाको शव भेटियो ४० अझै वेपत्ता

जेनेभा : एक डुङ्गा दुर्घटनामा ६० भन्दा बढी रोहिङ्गा मुसलमान समूहका व्यक्ति मारिएका वा बेपत्ता भएका संयुक्त राष्ट्र सङ्घ आप्रवासी निकायले शुक्रबार जानकारी दिएको छ।

रोहिङ्गा मुसलमान समूहका ती व्यक्ति म्यानमारबाट बङ्गलादेश जाने क्रममा उक्त घटना भएको हो। म्यानमारमा जारी द्वन्द्वको कारण रोहिङ्गा मुसलमान म्यानमारबाट बङ्गलादेशमा भाग्ने क्रममा जारी रहेको छ। 

आप्रवासीसम्बन्धी अन्तर्राष्ट्रिय संगठन प्रवक्ता जोएल मिलम्यानले जेनेभामा समाचारदातालाई २३ व्यक्तिको शव भेटिएको अन्य बेपत्ता रहेका बताए। मिलम्यानका अनुसार यस घटनामा परी अझै पनि ४० व्यक्ति बेपत्ता रहेका छन्। 

गत अगस्त २५ बाट म्यानमारको राखिन राज्यमा शुरु भएको द्वन्द्वको कारण पाँच लाखभन्दा बढी रोहिङ्गा मुसमान बङ्गलादेश पुगेका छन्। 

यसअघि दुई देशको सीमामा पर्ने नाफ नदी पार गर्ने क्रममा सयौँ रोहिङ्गा मुसलमानको  मृत्यु भइसकेको छ।
सिन्हवा/रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell