PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

दशैं विशेष दश गीत



पहिलोपोस्ट

दशैं विशेष दश गीत

मंगल धुनले दशैंको आगमन संकेत गर्छ। गीत संगीतले हरेक पर्व, चाड वा कार्यक्रममा छुट्टै रौनक थप्छ। त्यसैले मंगल धुनसँगै दशैं विशेष विभिन्न गीत सार्वजनिक छन्। ती गीतहरुले दशैंको महत्वको वखान गर्छ वा दशैंमा आउने याद, सिर्जना गर्ने अवस्था, माहोलको कुरा भन्छ। यहाँ प्रस्तुत छन् दश दशैं विशेष गीतहरु जसले दशैंको माहोललाई सांगीतिक बनाउँछ।

दशैं आयो 
फिल्म मुग्लानको गीत 'दशैं आयो'लाई लोकनाथ सापकोटाले लेखेका हुन्। गीतमा संगीत पनि उनकै रहेको छ। लोकभाका रहेको यो गीतलाई उदित नारायण झा र दीपा झाले गाएका हुन्।

दशैं तिहार
गायक सुगम पोखरेलको गीत हो 'दशैं तिहार' शिलन्यास एल्बममा समावेश गीतलाई रवि श्रेष्ठले लेखेका हुन्। गीतमा संगीत गायक पोखरेलकै रहेको छ। गीतको भिडियोले युट्युबमा ४५ लाखभन्दा बढि हिट्स कमाएको छ।

फौजीलाई कुन हो दशैं 
सशस्त्र प्रहरी बलको गीत हो 'फौजीलाई कुन हो दशैं'। बलको श्रव्यदृश्य टोलीले तयार गरेको भिडियो समेत उपलब्ध छ। गीतमा शब्द दीपक कोइरालाको रहेको छ। जगद्श समालले गाएको गीतमा सुरेश गैरेले संगीत दिएका छन्। रेशु नेपालीको कोरियोग्राफीमा तयार भिडियोमा सशस्त्र युनिटको नै फिचरिङ रहेको छ।

दशैं आयो खुशी लिएर
गायक प्रमोद खरेल र मेलिना राईको स्वर रहेको गीत हो 'दशैं आयो खुशी लिएर'। गीतको भिडियोमा केकी अधिकारी र पुस्पल खड्काको अभिनय रहेको छ। गोविन्द गौतमको शब्दमा विकास चौधरीले संगीत दिएका छन्।

बडा दशैं आयो
लोक भाका रहेको गीत 'बडा दशैं आयो'मा टंक बुढाथोकी र सरु गोतमको स्वर रहेको छ। गीतमा शब्द तथा संगीत गायक बुढाथोकीसँगै अर्जुन कार्की र अमृता नेपालको रहेक छ।

दशैं नै हो कि यो मेरो दशा 
योगेश्वर अमात्यको स्वर रहेको गीत हो 'दशैं नै हो की यो मेरो दशा'। गीतले विपन्न वर्गमा दशैंले निम्त्याउने समस्याको भाव समेट्छ।

यो दशैंमा म घर आइनँ 
लोक दोहोरी गीत हो 'यो दशैंमा म घर आईंन'। गीतमा रेशम थापा, उद्दव कार्की, सीता थापा र गीता कोइरालाको आवाज रहेको छ।

यसपाली दशैंमा:
स्वर्गीय गायक कुल पोखरेलले २००९ मा सार्वजनिक गरेको गीत हो 'यसपाली दशैं'मा। २०१३ मा सोही गीतलाई रिमेक गरे गायक झिल्के बादलले। गीतमा शब्द तथा संगीत कुल पोखरेलकै रहेको छ।

यो दशैं तिहार
गायक रोजिन पाण्डेको गीत 'यो दशैं तिहार'मा सुमन कुमार श्रेष्ठको शब्द तथा संगीत रहेको छ। लोकपप भाकाको गीत भिडियो सहित युट्युबमा उपलब्ध छ।

ह्याप्पी दशैं ह्याप्पी तिहार
नितेश जंग कुँवरको 'दशैं तिहार' गीत पप भाकामा रहेको छ। गीतमा नितेशकै शब्द तथा संगीत छ। गीतको भिडियोमा श्रृष्टी श्रेष्ठ, जोत्सना योगी, सारुक ताम्राकार लगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell