PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

कुलेश्वर नजिकैको सुकुम्बासी बस्तीमा भीषण आगलागीः ४० भन्दाबढी घर जलेर नष्ट



पहिलोपोस्ट

कुलेश्वर नजिकैको सुकुम्बासी बस्तीमा भीषण आगलागीः ४० भन्दाबढी घर जलेर नष्ट
फाइल फोटो

काठमाडौः बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ४० घर नष्ट भएका छन् । 
मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए । डेरामा बस्ने तीनजनालगायत सबैका खाद्यान्न, लत्ताकपडा सबै जलेको स्थानीयवासी श्यामदास पाण्डेले बताउनुभयो ।
आगलागीमा एक चर्च पनि परेको स्थानीयवासीले बताएका छन् । नेपाली सेनाका पाँच वटा दमकलले आगलागी नियन्त्रणमा लिएका थिए । विस्तृत विवरण बाँकी छ । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell