PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

दशैं मेला हेर्न भएका युवकको भीरबाट लडेर मृत्यु



रासस

बैतडीः  दोगडाकेदार गाउँपालिका–७ रिखाली बस्ने २२ वर्षीय जयसिंह कार्कीको दशैँ मेला हेरेर फर्कने क्रममा भीरबाट लडेर आज बिहान मृत्यु भएको छ । 
बिहान करिब २ः३० बजे दोगडाकेदार–७ दारकुरी मन्दिरमा लागेको रात्रि मेला हेरेर फर्कने बेला मन्दिर नजिकै रहेको भीरबाट लडेर गम्भीर घाइते भएका उनलाई उपचारार्थ जिल्ला अस्पताल बैतडीमा लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको हो ।
उनको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell