PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

एमालेको निर्णय: वामपन्थी मात्र हैन ठाउँ अनुसार सहकार्य



पहिलोपोस्ट

एमालेको निर्णय: वामपन्थी मात्र हैन ठाउँ अनुसार सहकार्य

काठमाडौं: नेकपा एमाले स्थायी कमिटी बैठकले प्रदेश संघ र संघीय संसदको निर्वाचनमा वामपन्थी सहकार्यको रणनीतिबारे निर्णय गरेको छ। आज बसेको दशैं टिका पछिको पहिलो स्थायी कमिटी बैठकले निर्वाचनको रणनीतिबारे छलफल गरेको हो।
 
एमाले नेता र्इश्वर पोखरलले दुर्इ नम्बर प्रदेशमा भएको तेस्रो चरणको निर्वाचनमा प्राप्त गरेको मतलार्इ अध्ययन गर्नुका साथै अन्तरिक कमी कमजोरीलार्इ समेत पहिल्याएर अघिल्ला चुनावमा जाने बताए।

'वामपन्थीसँग मात्र हैन सबैसँग सहकार्यको योजना हाम्रो पार्टीमा पहिल्यै देखि थियो। आजको बैठकमा ठाउँ अनुसार सबै सँग सहकार्य गरेर अगाडि बढ्ने कुरा भएको छ,' नेता पोखरेलले पहिलोपोस्ट सँग भने। बैठकमा राजनीतिक मात्र कुरा नभएर दशैंपछि भेट भएका साथिहरुसँग हालखबर आदानप्रदान भएको समेत नेता पोखरेलले जानकारी दिए।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell