
चर्चित फिल्ममेकर राजकुमार हिरानी यतिखेर सञ्जय दत्तको जीवनीमा आधारित फिल्म सुटिङमा व्यस्त छन्। रणवीर कपुरले सञ्जय दत्तको भूमिका निभाउँदैछन्। यसैबीच हिरानीको बलिउड बादशाह शाहरुख खानसँग नयाँ फिल्मका लागि सहमति भएको सूचना बलिउडमा चुहिएको छ।
मुन्नाभाइ एमबीबीएस, थ्री इडियट्स र पिके जस्ता ब्लकबस्टर फिल्म निर्देशन गरेका हिरानी १४ वर्षपछि शाहरुखसँग जोडिन लागेका हुन्। यो जोडीबीच रोचक त के रह्यो भने मुन्नाभाइ र थ्री इडियट दुवैमा हिरानीको पहिलो रोजाइ थिए शाहरुख खान। विभिन्न कारणले शाहरुखले फिल्म गरेनन्।
बलिउडमा चलेको चर्चाकै आधारमा भन्ने हो भने यी दुईले फिल्मको बारे पटकपटक छलफल गरिसकेका छन्।
शाहरुख खान अहिले आनन्द एल रायको फिल्ममा काम गरिरहेका छन्।