PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

तिलाठीमा भिड्ने देवनारायण यादव भारतीय भूमिमा पक्राउ



पहिलोपोस्ट

तिलाठीमा भिड्ने देवनारायण यादव भारतीय भूमिमा पक्राउ
फोटो मिथलेस चौरसियाको फेसबुकबाट

वीरगंज : सप्तरीका देवनारायण यादवलाइ भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन्। 

साँझ भारतीय बजारमा किनमेल गर्न गएका यादवलाई विभिन्न झुट्टा मुद्दामा फसाउन पक्राउ गरिएको स्थानीय अधिकारकर्मीहरुले बताएका छन्।

नेपाल भारत सीमामा भारतले बनाइरहेको बाँधको विरोधमा उनी सक्रिय थिए। भारतीय सुरक्षाकर्मीसँग भएको तिलाठीको झडपमा उनी घाइतेसमेत भएका थिए। उनलाई यथासिघ्र रिहा गर्न मानव अधिकारकर्मीले माग गरेका छन्।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको तिलाठी बस्तीस्थित दशगजा भएर बग्ने खाँडौ नदीमा भारतीयले त्यहाँको प्रशासनको निगरानीमा  निर्माण भइरहेको बाँध रोक्न जाँदा भारतीयसँग भिडन्त भएको थियो। एक वर्ष अघिको झुटो  मुद्दामा उनलाई पक्राउ गरी बीरपुर जेल पठाइएको थर्ड एलाइन्सका शैलेन्द्र अम्बेडकरले बताए। घटनाको कडा शब्दमा निन्दा गर्दै उनलाई तत्काल रिहाइका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउँदै रिहाइका लागि सम्बन्धित सबैमा अधिकारकर्मीले अग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell