कञ्चनपुर : दुर्घटनामा परी साउदी अरेबियामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ।
साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो। राना एक वर्षअघि देखि सवारी चालक काम गर्दै आएको नगरपालिका–१२ का वडाध्यक्ष वाले रानाले बताए। “घरको कमाउनेको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ”, उनले भने।
उनीसँगै काम गर्दै आएका नेपालीले मृत्यु भएको जानकारी दिएको अध्यक्ष रानाले बताए। मृतकको कमाईमा आमा, बुबा, श्रीमती, नाबालक छोरा र दुईजना छोरी आश्रित थिए। “मृतको शव स्वदेश ल्याउनका लागि पहल गरिरहेकाे अध्यक्ष रानाले बताए।